पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडौं। नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ। महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए। महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ। निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ। समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन्।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित