काठमाडौं। सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि १४ गतेसम्म दोस्रो मात्रा दिने जनाएको छ। पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दोस्रो मात्रा खोप लगाइसकेपछि खोप कार्ड प्रदान गरिने निर्णय समेत आइसिएस बैठकले गरेको छ। यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि पहिलो मात्रा दिन सूचना जारी गर्ने समेत मन्त्रालयले जनाएको छ।