ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड शुक्रबार

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड शुक्रबारसम्म हुने गरी काम अघि बढेको छ। बिक्री प्रबन्ध एनएमबि क्यापिटलका अनुसार अहिले लगानीकर्ताको आवेदन रुजु गर्ने काम भइरहेको छ । रुजुको काम ढिलाइ भए आगामी साताभित्र बाँडफाँड गरिने छ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ५९ लाख ४० हजार कित्ताका लागि १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका थिए। यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजारले सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपिओ पाउने भएका छन्। कुल आवेदकमध्ये ३२.९२५ आवेदकले मात्र सेयर पाउनेछन्।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?