विद्युत् प्रवाह अवरुद्ध हुँदा १५ घण्टापछि विद्युत् पुनः चालु

सिमकाेट। सिमकोट गाउँपालिका–४ को हिल्दुम खोलामा रहेको हेल्दुङ वितरण केन्द्रको पावरहाउसमा विद्युत् प्रवाह अवरुद्ध हुँदा सिमकोटमा १५ घण्टा विद्युत् भार कटौती भएको छ। पावर हाउसको मेसिनमा रहेको तेलमा पानी मिसिएर अवरुद्ध हुँदा बिहानैदेखि प्राविधिकले मर्मत गरेपश्चात् आज अपराह्न ३ः३० बजेदेखि विद्युत् सेवा उपलब्ध भएको छ।

मङ्लबार राति १ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा केहीबेर पहिला सञ्चालनमा आएको छ। बिहानदेखि तेलमा मिसिएको पानी र तेल सबै फालेर मेशिनमा नयाँ तेल राखेपछि मात्रै विद्युत् सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण कार्यालयका कर्मचारी मिन शाहीले जानकारी दिए।