कतारमा भारी संख्यामा पुरुष कामदारको मागः तलब कति?

काठमाडौं। कतारको स्ट्राक सेक्युरिटी सर्भिस नामक एक कम्पनीले भारी सख्यामा पुरुष कामदारको माग गरेको छ। उक्त कम्पनीले १ सय ७५ जना पुरुष कामदारको माग गरेको हो।

कामदार सो काममा दक्ष हुनु पर्ने छ। कामदारले तलब खान बस्न सहित ४७ हजार बढि पाउनेछन्। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने जनाइएको छ।

करार अवधि २ वर्षे रहेको छ। जान चाहने इच्छुक कामदारले एड्भान्स म्यानेजमेन्ट ग्रुप प्रा ली सामाकोशी २६ काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य बढ्यो, तोलाको कति?