कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं। कक्षा ११ को परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको हो।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ७८.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ। परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिनेछ।

अन्य सम्बन्धित समाचार:  एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी