बायर्न र चेल्सी सहजै क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र चेल्सीले बुधबार सजिलै युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। जर्मन च्याम्पियन बायर्नले लाजियोलाई अन्तिम १६ को दोस्रो लेगमा २–१ ले हराउँदै समग्रमा ६–२ को अग्रता लियो।

बायर्नका लागि रोबर्ट लेवन्डोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि एरिक म्याक्सिमले दोस्रो गोल थपे। रोमाका तर्फबाट मार्को पारोलोले एक गोल फर्काए।

अर्को खेलमा चेल्सीले एट्लेटिको म्याड्रिडलाई २–० ले हराउँदै समग्रमा स्पेनी प्रतिद्वन्द्वीमाथि ३–० को अग्रता अग्रता लिन सफल रह्यो। चेल्सीका लागि अन्तिम १६ को दोस्रो लेगमा हाकिम जीएच र एमरसन पालेमेरीले गोल गरे।

यससँगै यसपल्टको च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने सबै टिम निश्चित भएका छ। शुक्रबार ड्र निकालिँदै छ। अन्तिम आठ पुग्न सफल टिममा इंग्ल्यान्डका लिभरपुल, म्यानचेस्टर सिटी र चेल्सी तथा जर्मनीका बायर्न र बोरुसिया डर्टमुन्ड छन्।

अन्य सम्बन्धित समाचार:  नेपाललाई मलेसियाले दियो ११० रनको लक्ष्य

यस्तै फ्रान्सको पेरिस सेन्ट जर्मेन, पोर्चुगलको पोर्टो र स्पेनको रियल म्याड्रिड पनि अन्तिम आठ पुग्न सफल रहे। यसपल्ट इटालीको कुनै पनि टिमले यस चरणसम्मको यात्रा तय गर्न सकेन।