चट्याङको पूर्वानुमान गर्नै कठिन

सुर्खेतको लेकबेसीँ नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशुचौपाया जल्यो। त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए।

ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर नष्ट भयो। अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने घटना बढ्दै गएको छ। अझै करिब एक साता बदलीकै अवस्था रहने हुँदा मेघ गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ। पूर्वमनसुनको प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ। कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले निर्माणाधीन पुल उडायो