तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन भएको छ।​ तान्जानियाका उपराष्ट्रपतिले राष्ट्रपतिको मगुफुलीको ६१ बर्षको उमेरमा निधन भएको घोषणा गरेका छन्।  राष्ट्रपतिको बुधबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन्।

पछिल्लो दुई सातादेखि राष्ट्रपति सार्बजनिक कार्यक्रममा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको थियो।  राष्ट्रपति मगुफुली अफ्रिकी देशहरुमा कोरोना बारेमा आशंका गर्ने नेताहरु मध्ये अगाडी रहेका थिए।

उनले देशमा गत मे देखि नै कोरोना सम्बन्धि जानकारी दिन बन्द गरेका थिए भने कोरोनाको खोप पनि किन्नु नपर्ने घोषणा गरेका थिए। त्यस्तै गत जुनमा नै तान्जानियालाई कोरोना फ्री देश घोषणा गरिएको थियो।​

तान्जानियाको सामाजिक संजाल र मिडियामा राष्ट्रपतिलाई पनि कोरोना भएको र कोरोनाबाटै उनको निधन भएको आशंका गरिएको छ तर सरकारले भने यस बारेमा स्पष्ट जानकारी दिएको छैन।

अन्य सम्बन्धित समाचार:  दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु

राष्ट्रपतिको निधनपछि तान्जानियामा १४ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ। अब तान्जानियाको संबिधान अनुसार उपराष्ट्रपतिले राष्ट्रपतिको शपथ लिएर उनको बाँकी कार्यकालका चलाउने छन्।