नेपाल पक्षले पनि बोलायो सांसदहरुको बैठक

काठमाडौं। नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षले बिहीबार ११ बजे आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ।

कार्यकर्ता भेला भइहरेको स्थान ललितपुरको होटल हेरिटेजमा सांसदहरुको बैठक बोलाइएको नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिए।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही समयमा बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्।

ओलीले संसदीय दलको बैठकबाट नेपाल पक्षलाई गुटगत भेलाको आरोप लगाउँदै कारवाही प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत