अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा

काठमाडौं। अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन्।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका हुन्।

बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीलगायत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन्।

साथै उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकारलाई तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन