कांग्रेसका नेता कोइरालाको निधन

काठमाडौं। संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ। विराटनगर महानगरपालिका ८ निवासी ७८ वर्षीय नेता कोइरालाको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो।

कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि कोइरालालाई विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीवार बिहान १ बजे राती नेता कोइरालाको निधन भएको थियो।

स्वर्गीय नेता अशोक कोइराला नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शुसिल कोइरालाका भाइ हुन्। २०४९ सालमा विराटनगर उपमहानगरको पहिलो मेयरमा निर्वाचित भएका कोइराला २० बर्षसम्म नेपाली कांग्रेस मोरङको सभापति थिए।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारसँग निहुँ खोज्दिनँः सभापति देउवा