काभ्रे केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। काभ्रेको सिसाखानी आसपास केन्द्रविन्दु भएर बिहिबार बिहान भूकम्प गएको छ।

बिहान १० बजेर ५ मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पका कारण मानिसहरु बाहिर निस्किएका थिए। भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस गरिएको छ।