काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। तीन दिन स्थिर रहेको सुनको भाउ आज बढेको हो। बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ । बुधबार तोलाको ८६ हजार ९०० मा स्थिर रहेको थियो।
यस्तै तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको भाउ बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ९० पुगेको महासंघले जनाएको छ।