एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समुहका सांसदहरु भने सहभागी छैनन्।

उनीहरूले छुट्टै राष्ट्रिय भेला गरिरहेका छन्। सानेपामा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यकर्ता भेला बुधबारदेखि जारी छ। भेला आज सकिनेछ। संसदीय दलको बैठकले उपस्थित नहुने सांसदलाई कारबाही गर्ने तयारी ओली पक्षको छ।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटासँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य