एमाले संसदीय दलको बैठकः संसदीय दलको बोर्ड गठन

काठमाडौं। नेकपा (एमाले) संसदीय दलले २७ जनाको संसदीय बोर्ड बनाउने निर्णय गरेको छ। संसदीय बोर्ड गठनका लागि संसदीय दलको विधान संशोधन गर्ने तयारी भएको जनाइएको छ।

विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभाकी सदस्य विमला राई पौडेल रहेको कार्यदल बनाइएको छ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसका वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा