प्रधानमन्त्री ओलीले रचना गरेको गीत प्रतिस्पर्धामा, ओलीले बुझे उत्कृष्ट प्रमाणपत्र

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र परेको छ। आयोजक पीम नेपालले हालै एक कार्यक्रमका बीच सार्वजनिक अवार्डको ५३ विधाको नोमिनिज सूचीमा प्रधानमन्त्री ओलीको गीत राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँचभित्र पर्न सफल भएको हो।

प्रधानमन्त्री ओलीले आफ्नो गीत उत्कृष्ट पाँचभित्र परेको प्रमाणपत्र समेत बुझेका छन्। चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोजकको तर्फबाट सो प्रमाणपत्र हस्तान्तर गरेका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे