प्रधानमन्त्री ओलीले गठन गरेको संसदीय दल बोर्डमा नेपाल र खनाल पनि

काठमाडौं। नेकपा केपी ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समावेश गरेर आज संसदीय दल बोर्ड गठन गरेको छ। उक्त पक्षको बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले बताएका छन्।

बोर्डमा दलका नेता केपी शर्मा ओली अध्यक्ष छन्। अन्य सदस्यहरुमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल छन्। यस्तै बोर्डमा राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा रहेको तामाङले सञ्चारकर्मीलाई जानकारी दिए। भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य छन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन