प्रधानमन्त्री ओलीसँग लगनगाँठो कस्न सकिँदैनः नेता यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्नै नसकिने बताए। जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले प्रतिगमनकारी ओली सँग सहकार्य गर्नै नसकिने स्पष्ट पारेका हुन्।

‘हामी स्पष्ट छौं। यसमा कुनै शंका छैन। ओली जस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौं। उनीसँग लगनगाँठो बाध्न सकिँदैन’ यादवले भने, ‘ओलीसँग सति जाने भनेर कसैले प्रस्ताव त ल्याउनु र्पयो? त्यो प्रस्ताव कसैले ल्याएको छैन। पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन।’ परिस्थिति परिपक्क भएपछि पार्टीले निर्णय गरेर जाने यादवले बताए।

अन्य सम्बन्धित समाचार:  सर्वदलीय बैठक सकियो, मुख्य तीन एजेण्डामा छलफल