देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्ललो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७५ हजार ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ५२ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने हालसम्म ३ हजार १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु