सुत्केरी महिलाको शंकास्पद मृत्यु

माेटरसाइकल

दैलेख। दैलेखमा एक सिुत्केरी महिलाको शंकास्पद मृत्यु भएको छ। सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएक हो। मृत्यु हुनेमा ठाटिकाँध–६ बस्ने शेरबहादुर रोकायाकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको दैलेख प्रहरीले जनाएको छ।

बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुरसँगै सुतेका र बिहान हेर्दा उनको मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको जनाएको छ। उनको के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्टपछि खुल्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कञ्‍चनपुरका मालपोत अधिकृत जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर