नेताहरू मिले पनि कार्यकर्ता मिल्ने सम्भावना छैन: माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टीमा देखिएको विवादमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने अवस्था नरहेको बताए। बुधबारदेखि सुरु उनी पक्षको कार्यकर्ता भेलामा सहभागीले उठाएका सवालको जवाफ दिँदै उनले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको जानकारी दिए।

नेताहरू मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली समु्हले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छु, बुधबार छलफलका लागि गठन गरिएको १० समूहबाट आएको सुझावमाथि जवाफ फर्काउँदै नेपालले भने। नेपालले ओली पक्षको कूप्रचार रोकिने सम्भावना नरहेको बरु बढ्ने बताए। गलत समाचार सम्प्रेषण गरी उनीहरू भ्रम सिर्जना गरिरहेका छन्, नेपालले भने।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, चार मन्त्री थपिदैँ