१४ वर्षीया बहिनीलाई करणी गरेको आरोपमा पक्राउ

तनहुँ। १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सुक्लागण्डकी नगरपालिका–९ बस्ने २७ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ती पुरुषले बहिनीलाई आइतबार राति र पहिले पनि पटक–पटक जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो।

घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछी...