शुक्रवारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं। शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ वटा आयागको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६ र ०७७ को वार्षिक प्रतिवेदन पेस हुन लागेको जनाइएको छ।

त्यसैगरी पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल