सहिद स्मारक सी डिभिजन लिग: समाज कल्याण र स्वयम्भूको जित

काठमाडौं। सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज समाज कल्याण खेलकुद केन्द्र र स्वयम्भू क्लबले जित हात पारेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजको दोस्रो खेलमा स्वयम्भूले ओसिस क्लबमाथि ३–१ कोे जित दर्ता गरेको हो।

स्वयम्भूको जितमा कुमार दोङ, सबिन गुरुङ र विक्की राईले १–१ गोल गर्दा ओसिसका राजन पुन मगरले १ गोल फर्काए।खेलको ३४औँ मिनेटमा कुमारले गोल गर्दै स्वयम्भूलाई अग्रता दिलाए। ३७औँ मिनेटमा सबिनले टिमको अग्रता दोब्बर बनाए। ६८औँ मिनेटमा राजनले १ गोल गर्दै ओसिसलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । ८४औँ मिनेटमा विक्की राईले गोल गर्दै स्वयम्भूको जित गरे।

उक्त जितसँगै स्वयम्भूले २ खेलबाट ३ अंक जोड्दा ओसिस समान खेलबाट अंकविहीन भयाे। आजै भएको पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्रले खालीबारी युथ क्लबलाई ३–० ले पराजित गरेको छ। समाज कल्याणको जितमा रुपेश अधिकारी, शरद राई र राकेश विश्कर्माले १–१ गोल गरे। लगातार दोस्रो जित निकालेको समाज कल्याणले ६ अंक जोड्दा खालीबारीको समान खेलबाट ३ अंक छ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिज: नेपाल नेदरल्याण्ड्ससँग भिड्दै