कमलपोखरीमा पानी हाल्ने तयारी

काठमाडौं। काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको कार्य चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ। म्हानगरपालिकाका अनुसार कुनै अवरोध नभएमा चैतभित्रमा पोखरी पुनर्निर्माणको पहिलो चरण सम्पन्न हुनेछ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पोखरी पुनर्निर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको भन्दै पोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारी रहेको बताए। प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनेर अनावश्यक विरोध गरेको जानकारी दिए।

डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न उनको आग्रह थियो। उनले पोखरीको बीचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको बताए।

अन्य सम्बन्धित समाचार:  मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण