युरोपा लिग : म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को जपतसहित युनाइटेड क्वाटरफाइनल पुगेको हो।

पहिलो लिगमा युनाइटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए। मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा पोग्बाले गोल गरेका थिए। त्यही गोल नै युनाइटेडका लागि निर्णायक बन्यो।

४६औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका पोग्बाले तीन मिनेटपछि नै गोल गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिज: नेपाल नेदरल्याण्ड्ससँग भिड्दै