सिंगटी हाइड्रोको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक निष्कासान सार्वजनिक (आईपीओ) बिक्री गर्ने भएको छ।

पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी १ अर्ब ४५ करोडको १० प्रतिशत स्थानीय आयोजना प्रभावित र २० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्ने अनुमति पाएको थियो।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य बढ्यो, तोलाको कति?

जसअनुसार कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र दोलाखाको बिगु र कालिञ्चोक  गाउँपालिकाका स्थानीयको लागि  सेयर बिक्री गरेको थियो।

कम्पनीले स्थानीय आयोजना प्रभावितको लागि १४ करोड ५० लाख रुपैयाँ बरारबको १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो।