काठमाडौं। भारतले इङ्ल्यान्डविरुद्ध चौंथो टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ। बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ८ रनले पराजित गरेको हो।
अहमदाबादमा भएको खेलमा भारतले जित निकाल्दै ५ खेलको सिरिज २–२ को अवस्थमा पुगाएको छ। भारतले दिएको १८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर मात्र १७७ रन बनायो।
इङ्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए। यस्तै जासन रोयले ४० रन बनाए। भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए। यस्तै हार्दिक पाण्डय र राहुल चहलले २ /२ विकेट हात पारे।
यसअघि पहिले टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।
भारतका लागि सुर्य कुमार यादवले अर्धशतकीय पारी खेले। उनले ५७ रन बनाए। त्यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए।
बलिङ्ल्यान्डका लागि जोफ्रा आर्चर ४ विकेट लिए। दुई देशबीचको अन्तिम टी–ट्वान्टी शनीबार हुनेछ।