काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पायर्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्ने बताएका छन्।
शुक्रबार बिहान उनले ट्वीटमा यस्तो उल्लेख गरेका छन्।
उनले फुटेका टुक्रालाई टेपले टाँसेर पुरानै बनाउनुभन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि भन्दै प्रश्न गरेका छन्। ‘पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न-माक्र्सेली दर्शनले भन्छु भट्टराईले ट्वीट गरेका छन् ‘नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ ।’
‘अतस्फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?’भट्टराईले ट्वीट गरेका छन् ।