नक्कली सिडिओ बनेर ठगी गर्ने एक पक्राउ

सुर्खेत। आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको जनाइएको छ।

महानगरीय अपराध महाशाखाको आग्रहमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए। यो नाम गरेको गाउँपालिका नै छैन। बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न