काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य घटेको छ। हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको मुल्य आज भने पाँच सय रुपैयाँले घटेको हो।
आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ। हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो। यता आज चाँदीको मुल्य पनि घटेको छ। तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।