नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गत फागुन १४ गतेदेखि मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीलाई सरकारले १० लाख सहयोग गर्ने जनाइएको छ।

आज बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारारत जोशीका परिवारका सदस्यलाई भेटी सरकारले सहयोग गर्ने बारे जानकारी दिए। मन्त्री पोखरेलले जोशीको पछिल्लो स्वास्थ्यअवस्थाका बारेमा उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारीसमेत लिएका थिए।

अन्य सम्बन्धित समाचार:  विद्यार्थीमा कोरोना देखिएपछि विराटनगरका विद्यालय एक साता बन्द