तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं। चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो।

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार