महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दिए राजीनामा

काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट आज राजीनामा दिएका छन्। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार महान्यायाधिवक्ता खरेलले राजीनामा दिएका हुन्।

राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने जनाइएको छ। विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिमण्डल विस्तार गर्दै