‘माइतीको आँगन’ सार्वजनिक

काठमाडौं। गायक सुशिल श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएको छ। वैंशालु उमेरमा जानेर वा नजानेर प्रेम गर्ने जोडीको कथालाई यो गीतको भिडियोमा देखाइएको छ। दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा मोडलद्धय उषा उप्रेती र बिनोद बस्नेतको अभिनय रहेको छ।

आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, केशवराज भट्टको कोरियोग्राफी छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!