काठमाडौं। सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले पुन हवाई भाडा बढाएका छन्। यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा बढाएका थिए। हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएको वायुसेवा सञ्चालकहरु जानकारी दिएका छन्। बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ। यसअघि नेपाल आयल निगमले ३ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थिया। त्यसक्रममा हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको थियो।
हवाई भाडामा लाग्ने इन्धनको शुल्कमा भएको मूल्यवृद्धिलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेसँगै बढेको मूल्य लागु हुन लागेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले बताए। काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० रुपैयाँ बढी तिर्नुपर्नेछ। काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ। काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने गरी हवाई भाडामा इन्धनको शूल्क बढेको छ।