‘सरकार सर्वोच्चको फैसला आउँदा न लड्डु खाएर बस्छ न त झोक्राएर नै बस्छ’: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सर्वोच्चको फैसला आउँदा लड्डु खाएर नबसेको साथै झोक्राएर पनि नबसेको बताए। आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता समेत रहेका मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्।

सर्वोच्चका दुई फैसलाप्रति माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै मन्त्री ज्ञवालीले भने, ‘सरकार सर्वोच्चको फैसला आउँदा न लड्डु खाएर बस्छ न त झोक्राएर नै बस्छ। सर्वोच्चको फैसला अनुसार अघि बढ्नु हाम्रो दायित्व हो।’

त्यस्तै, मन्त्री ज्ञवालीले सदन नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। एसिड आक्रमणजस्तो अध्यादेश रोक्ने काम गरेको भन्दै आपत्ति जनाए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य