प्रधानमन्त्री ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिनेछः पम्फा भुसाल

काठमाडौं। माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जानकारी दिएकी हुन्।

उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन्। उनले हाम्रो जस्तो देशमा तीन तीन बर्षमा चुनाव हुन सक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन्। उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उल्लेख गर्दै कोभिड बिरुद्ध मित्रराष्ट्रले सित्तैमा दिएको खोप पनि ल्याउन नसकेको भन्दै आलोचना गरिन्। उनले लोकतन्त्रलाई बलियो बनाउन, देशलाई अग्रगमनतिर लैजान नयाँ सरकार बनोस् भन्ने कामना समेत गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री