ओली सरकारको पालामा सबैभन्दा धेरै बलात्कार भएः कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले सरकार कानुनी शासन कायम गराउन असफल भएको आरोप लगाएको छ। पुनस्स्थापित प्रतिनिधिसभाको चौथो बैठकमा आज बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले यो सरकारका पालमा सबैभन्दा धेरै बलात्कार र महिला हिंसाका घटना भएको आरोप लगाएका हुन्।

यो सरकारको पालामा सबैभन्दा बलात्कार र महिला हिंसाका घटना भएका छन्, उनले भने, तर यसको नियन्त्रणका लागि सरकार चुकेको छ। खाणले दुई वर्षअघि नै बनिसकेका सडक अहिले उद्घाटन गरिएको भन्दै आलोचना गरे। दुई वर्षदेखि मोटर चलिरहेको सडक अहिले उद्घाटनको नाटक हुँदैछ। दुई वर्षअघि नै बन्न थालेको पुल अहिले शिलान्यास हुँदैछु, उनले भने, यो कस्तो खालको विकास हो? निर्माण हो?

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन