महान्यायाधिवक्तामा रमेश बडाल

काठमाडौं। नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन्। राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन्।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए। खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन्।

अन्य सम्बन्धित समाचार:  एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन