काठमाडौं। प्रतिनिधिसभाको आज बसेको बैठक सम्पन्न भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले जनाएअनुसार अर्को बैठक आगामी चैत्र १० गते दिउँसो १ बजे बस्ने छ। आजको बैठकमा विभिन्न दलका प्रतिनिधिहरुले बोलेका थिए। सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बोलेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रबाट सांसद पम्फा भुषाल, जसपा नेपालबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेलले बोलेका थिए।