काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७५ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज देशभर १२३ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार १ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैंगरी आज देशभर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने यो संगै हालसम्म देशभर ३ हजार १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।