नेपाल समुहलाई गौतमको आग्रह: केन्द्रीय समिति बैठकमा गएर ओलीविरुद्ध लडौँ

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत प्रवृत्तिविरुद्ध लड्न पनि केन्द्रीय समिति बैठकमा जानुपर्ने बताए। आज अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहलाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको र अध्यक्ष ओली र खनाल–नेपाल समूहले छुट्छुटै गतिविधि गरिरहेका बेला अध्यक्ष ओलीले चैत ७ गते (भोलि) केन्द्रीय समिति बैठक बोलाएका छन्। यसअघि फागुन २८ गते नेपाल–खनाल पक्षलाई थाहै नदिइ प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक राखेर महाधिवेशको मिति घोषणा, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेका थिए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा बादल थापालाई पुनः गृहमन्त्रीमा नियुक्त

नेपाल–खनाल समूहले केन्द्रीय समिति बैठकमा सहभागी हुनका लागि चैत २८ गतेको निर्णय खारेज हुनुपर्ने माग गरिरहेका बेला उपाध्यक्ष गौतमले भने बैठकमा सहभागी हुन आग्रह गरेका हुन्।