मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एक पक्राउ

पाैने

काठमाडौं। मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एक जना पक्राउ परेका छन्। नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्यलाई पक्राउ गरेको हो।

उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइड ईफेक्ट साताको तेह्र किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, बिभिन्न लेख, ब्लग, फेसवुक तथा अन्य सामाजिक सञ्जालहरुमा प्रचा गर्दै आएका थिए। प्रहरीले उनको सप्लायर्समा खानतलासी गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति