होटलको कोठामा महिलासँग भेटिएका वडाध्यक्ष छुटे

बैतडी। महिलासँग शंकास्पद रुपमा भेटिएका दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरा प्रहरी नियन्त्रणबाट छुटेका छन्। वडाअध्यक्ष महरा र एक स्थानीय महिला गएराति ३ बजेतिर खोचलेक बजारको एक होटेलमा फेला परेका थिए। वडाध्यक्षलाई उनकै श्रीमतीले होटेलको कोठामा महिलासँग रहेको र नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसपश्चात प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुले प्रहरी केस नगर्ने भनेपछि छुटेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। पार्टीको काम र विद्यालयको विषयमा छलफल गर्न सँगै बसेको वडाअध्यक्ष र महिलाले प्रहरीसमक्ष बताएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। महरा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण