प्रधानमन्त्री ओलीले शनिबार बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एमाले संसदीय दलको बैठक बोलाएका छन्। शनिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको सांसद शेरबहादुर तामाङले जानकारी दिए। संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी बैठक शुरू गर्ने ओलीको तयारी छ।

शनिबारको संसदीय दलको बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह पनि सहभागी हुने तयारी छ। यसअघि ओलीले बिहीबार बोलाएको बैठकमा भने नेपाल–खनाल समूहका सांसदहरू अनुपस्थित थिए। नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकका बारेमा जानकारी प्राप्त भएको र छलफलपछि निर्णय हुने बताए।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री