सी डिभिजन फुटबलः मनोहरा युनाईटेड क्लबको लगातार दोस्रो जित

काठमाडौं। सहिद स्मारक सी डिभिजन लिग फुटबलमा मनोहरा युनाईटेड क्लबले लगातार दोस्रो जित हात पारेको छ। आज भएको खेलमा सानोगौचरण युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनोहराले लगातार दोस्रो जित निकालेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मनोहरालाई जित दिलाउन अन्जन लिम्बुले ह्याट्रिक पूरा गरे। जितसँगै मनोहराले २ खेलमा ६ अंक जोडेको छ। पहिलो खेलमा मनोहराले महाबिरलाई हराएको थियो। सानोगौचरणको भने यो लगातार दोस्रो हार हो। त्यसअघि शुक्रवार नै भएको अर्को खेलमा खेलमा सानेपा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सामाजिकले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सामाजिकलाई जित दिलाउन विकास दर्जीले निर्णायक गोल गरे। जितसँगै सामाजिकले २ खेलमा ६ अंक जोडेको छ। सानेपाको यो लगातार दोस्रो हार हो।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै