प्रिमियर लिग: लिड्स युनाइटेडसँग फुलह्याम पराजित

इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ।

लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गाेल अन्तरले हराएको हो। लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे।

फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ स्थानमा रहेको छ।

फुलह्यामको ३० खेलमा २६ अङ्क छ। फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ। प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै