एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, नेपाल-खनाल नजाने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो।

केन्द्रीय कमिटी बैटक अघि संसदीय दलको बैठक बोलाइएको छ। संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ।

माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल-खनाल समूह गएको थिएन।

ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् ।

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ